अण्डाको मूल्य घट्यो, कति पुग्यो प्रतिक्रेट ?-Sutra News

अण्डाको मूल्य घट्यो, कति पुग्यो प्रतिक्रेट ?

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । कुखुराको अण्डाको मूल्य घटेको छ । १३ भदौमा घटेर तय भएको नयाँ मूल्यमा फेरि गिरावट भएको हो ।



नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अण्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । यसअघि १३ भदौमा अण्डाको मूल्य सबैभन्दा ठूलो (एक्सएल) ५२५ र ठूलो (लार्ज)को प्रतिक्रेट ५१० र मध्यम अण्डाको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४३० प्रतिक्रेट तय भएको छ । मध्यम साइजको अण्डाको मूल्य चार सय रुपैयाँ क्रेट तोकिएको छ ।

अण्डा उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट भएको हो । किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट