धनराज जोडिएको सहकारीमा सीआईबीको अनुसन्धान सुरु-Sutra News

धनराज जोडिएको सहकारीमा सीआईबीको अनुसन्धान सुरु

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।



संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धानअघि बढाएका छौँ ।”

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिष्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गराएका थिए ।

ठगी गर्ने ज्योति नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानून मन्त्री धनराज गुरुङकी श्रीमती हुन् । तर, उनीहरूबीच सम्बन्ध बिच्छेद भएको बताउँदै आएका छन् । धनराजमाथि संसदमा समेत आवाज उठ्न थालेपछि उनी सकसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट