मन्त्रीकी छोरी गोविन्दाको घरकी कामदार !-Sutra News

मन्त्रीकी छोरी गोविन्दाको घरकी कामदार !

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडाैं । विगतमा बलिउडमा अभिनेता गोविन्दाकाे निकै राम्राे उपस्थिति थियाे । उनको स्टारडम निकै बलियाे थियाे । यस्तो अवस्थामा उनको फ्यान फलोइङ कस्ताे थियाे होला, तपाईं पनि कल्पना गर्न सक्नुहुन्छ ।



तर, अहिले उनकाे अवस्था निकै कमजाेर छ, जुन निकै अचम्मको कुरा हो ।

हालै गोविन्दाकी श्रीमतीले एक फ्यानको कथा शेयर गरेकी छिन् ।

गोविन्दाकी श्रीमती सुनिताले टाइमआउट विथ अंकितमा यसबारे कुरा गरेकी छिन् । उनका अनुसार गाेविन्दाकाे घरमा कामदारकाे रूपमा एक फ्यान भित्रिइन् । उनी करिब २०–२२ दिनसम्म बसिन् ।

तर पछि जब उनले त्यो फ्यानको बारेमा सत्य थाहा पाइन् तब उनी छक्क परिन् ।

वास्तवमा गोविन्दाकी महिला फ्यानले नोकरीको नाटक गरिरहेकी थिइन् । सत्य यो थियो कि उनी एक उच्च परिवारबाट आएकी हुन्। साेधिखाेजी गर्दै जाँदा खुल्याे कि उनी मन्त्रीकी छोरी थिइन् ।

‘त्यतिबेला म पनि सानै थिएँ तर मलाई शंका थियो । उनी प्रायः ढिलोसम्म उठ्थिन् । उनी गोविन्दा आउने बाटाे कुरिरहेकी हुन्थिन् । म धेरै साना कुराहरुद्वारा छक्क परें, त्यसैले मैले उनको पृष्ठभूमि जाँच गरें’, सुनिताले भनेकी छिन्, ‘त्यसपछि उनी रुन थालिन् र सत्य स्वीकार गरिन्। उनले आफू गोविन्दाको फ्यान भएको बताइन् ।’

यति मात्र होइन, त्यसपछि बालिकाका बुवा आए । चारवटा गाडीको काफिला नै घर आइपुग्यो । त्यसपछि उनले आफ्नो घर छोडिन्।

सुनिताका अनुसार बालिका झण्डै २० दिन घरेलु कामदारको रुपमा घरमा बसेकी थिइन् । यसले गोविन्दाको फ्यान फलोइङ कति ठूलो थियो भन्ने देखाउँछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट