किन सामाजिक सञ्जालबाट बाहिरिए सन्दिप लामिछाने ?-Sutra News

किन सामाजिक सञ्जालबाट बाहिरिए सन्दिप लामिछाने ?

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले आफ्नो सामाजिक सञ्जाल बन्द गरेका छन् ।



लामिछानेले आफ्नो फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) डिएक्टिभ गरेका हुन् । शनिबार राति उनको सबै सामाजिक सञ्जाल गायब भएका हुन् ।

गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् । यसबारे उनले केही प्रतिक्रिया दिएका छैनन् ।

लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा साढे तीन लाख र एक्समा दुई लाख ६६ हजार बढी फलोअर छन् । उनको एक लाख पाँच हजार सब्स्क्राइबर भएको युट्युब च्यानल यथावत छ ।

हाल नेपाली टोली क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग २ सिरिज खेल्नेका लागि टोली क्यानडा पुगेको हो । नेपालले पहिलो खेल सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

यस्तै नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल, अमेरिका र स्कटल्याण्डबीच लिग २ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्ने छ ।

दोस्रो खेल स्कटल्याण्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्ने छ । ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ ।

आगामी दिनमा नेपालले एकपछि खेल खेल्ने तालिका छ । यी खेलपछि लामिछानेसहित खेलाडीहरू नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)मा व्यस्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट