‘होस्टेल ३’ को छायाङ्कन सुरु, पारस बम र सिम्रन पन्तकाे मुहूर्त सट-Sutra News

‘होस्टेल ३’ को छायाङ्कन सुरु, पारस बम र सिम्रन पन्तकाे मुहूर्त सट

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडाैं । घाेषणादेखि नै चर्चामा रहेको फिल्म ‘होस्टल ३’को छायाङ्कन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।



मुहूर्त सटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन् ।

निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।

‘होस्टेल ३’ मा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय रहनेछ । अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बूले विशेष भूमिका निभाउनेछिन् ।

आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बूबाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति थियो ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली सिने उद्योगमा स्थापित गराउँदै आएको छ । पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन र सुशील सिटौलालाई परिचित गराएको थियो ।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले घरेलु बक्स अफिसमा सफलता हासिल गरेकाे थियाे ।

चलचित्र ‘होस्टेल ३’ आगामी १६ फागुनमा विश्वभर एकसाथ रिलिज हुने तयारी निर्माताको छ । चलचित्रको जापान, मध्यपूर्व र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट