‘एउटा सांसदको कुरामा संसद अवरुद्ध गर्नु अनुचित’-Sutra News

‘एउटा सांसदको कुरामा संसद अवरुद्ध गर्नु अनुचित’

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद अवरुद्ध गर्नु उचित नभएको बताएका छन् ।



आइतबार सदन अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको हुँदा एक सांसदले बोलेको कुरालाई लिएर संसद अवरोध गर्नु उचित नभएको प्रतिक्रिया दिए ।

माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनको भनाइ थियो । उनले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको पनि दाबी गरे ।

सदनमा गम्भीर रुपमा छलफल गर्नु पर्ने धेरै एजेण्डा र विधेयकहरू रहेकाले छिट्टै निष्कर्षमा पुग्नु पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट