काठमाडौँ । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जंगलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका ४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा ११ स्थित नवउदय सामूदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।