उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श-Sutra News

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

आइतबार, ३० भाद्र २०८१

आइतबार, ३० भाद्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले आगामी मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् ।



स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययी रुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।

यस अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट