आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

आज मिति २०८१ भदौ ३१ गते सोमबार । सन् २०२४ सेप्टेम्बर १६ तारिख । नेपाल सम्बत ११४४ त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ६ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, सजग रहनुहोला । अस्वस्थताका बीच कामको बोझ थपिने समय छ । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । तथापि, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । कर्मयोग अभिवृद्धि हुनेछ । आज फलदायी भ्रमण हुन सक्छ । यात्रामा अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदको भाव जागृत होला ।

बृष

विभिन्न अवसर प्राप्त हुने समय छ । रचनात्मक काम गरेर अवस्थामा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु हितकर होला । आक्षेप लगाउनेहरू सक्रिय हुने र अनावश्यक विवादले मन खिन्न तुल्याउन सक्छ, सचेत रहनुहोला । प्रियजनसँग भेटघाटले उल्लास पैदा गर्ने योग छ । दौडधुप र खर्च केही वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

कार्यमा व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर आँटले जटिल कामसमेत सम्पादन हुन सक्ने दिन छ । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरूले साथ दिनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त हुने योग रहेकोले दिन उपलब्धिमूलक ढंगले बित्ला ।

कर्कट

पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । इच्छाशक्ति बढ्नुका साथै कर्मको लक्ष्यप्राप्तिमा सहजता रहला । खर्चको मात्रा भने केही बढ्ला । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । साहस वृद्धिका साथै प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह

आजको दिन केही प्रतिकुलताको आभास हुन सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले विशेष सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मनमा खिन्नता बढ्न सक्छ । तथापि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्कशक्ति बढ्नेछ भने बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर जुर्ने देखिन्छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

कन्या

व्यस्तता र खर्च वृद्धि हुने समय छ । आजको दिन बोली व्यवहारमा खास सजग रहनु हितकर होला । धेरै बोल्नाले विवाद निम्त्याउन सक्छ । इर्ष्यालुजनले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । आर्थिक क्रियाकलापमा सावधान नहुँदा विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्ने भएकोले यसमा विशेष ध्यान पु¥याउनु उचित हुनेछ । आफन्तको भने साथ प्राप्त हुनेछ ।

तुला

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । घरखर्च केही वृद्धि होला । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । आरोग्यता रहला । शुभता वृद्धि हुनेछ ।

बृश्चिक

रोकिएको काम मिहिनेतले बन्ने दिन छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नु उचित हुनेछ । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने समय छ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च वृद्धि हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । पढाइलेखाइमा प्रगति हुने समय छ । केही खर्च बढे पनि कामको प्रयत्न सफल हुनेछ । साझेदारीको काममा केही चिसोपन आउन सक्छ, सचेत रहनुहोला । आत्मीयजनसँग सम्बन्ध बिग्रन सक्ने योग भएकोले व्यवहारमा सचेतनाको दरकार छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । नजिकका आफन्त टाढिन सक्छन, तथापि, विशिष्टजनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

भाग्य बलवान् रहनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्ने योग छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताको प्रभाव विशेष रहला । अनावश्यक नाता गाँस्नेहरूसँग आज सावधान रहनुहोला । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

कर्मबल बढ्ने छ । सहयोगीजन नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्ने समय छ, तथापि, पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि बढ्ला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्ने योग भएकोले सफलताका लागि थप मिहिनेत लगाउनुपर्ला । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट