आज यी तीन प्रदेशमा भारी वर्षा-Sutra News

आज यी तीन प्रदेशमा भारी वर्षा

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।



आज देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपासमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट