प्रिसेसनमै घट्यो नेप्से, आजको कारोबार के होला ?-Sutra News

प्रिसेसनमै घट्यो नेप्से, आजको कारोबार के होला ?

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) १.८२ अंकले घटेको छ । १.८२ अंकले घट्दै प्रिसेसनमा नेप्से २६३५.९६ को बिन्दुमा झरेको छ ।



प्रिसेसनमा विशेषगरी हाइड्रो समूहका कम्पनीको कारोबार उच्च रह्यो । कारोबारमा आएका ५२ कम्पनीमध्ये २६ कम्पनीको मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो ।

प्रिसेसनमा ५ हजार १९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३८ लाख ८१ हजार रुपैयाँको भयो । जसमा सिइडिबी हाइड्रोपावर कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो ।

यसअघि आइतबार उच्च उतारचढावका बिच सेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घट्दै २६३७.७९को बिन्दुमा ओर्लिएको थियो । किन्नेभन्दा बेच्ने बढी हुँदा आइतबार बजारमा गिरावट आएको थियो ।

जसको प्रभाव दोस्रो कारोबार दिन कायमै रहला वा नरहला भन्न सकिन्न । असोज महिनाका लागि बैंकहरुको ब्याजदर थप घटेको रिपोर्ट सार्वजनिक भइरहँदा त्यसले बजारलाई स्वभाविक बढाउनुपर्ने देखिन्छ । ब्याजदरको सिधा प्रभाव बजारमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट