दिनहुँ नयाँ–नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, तोला किन्न कति ?-Sutra News

दिनहुँ नयाँ–नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, तोला किन्न कति ?

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेकाे छ । विगत तीन दिनदेखि लगातार उकालाेमा रहेकाे सुनकाे मूल्य आज सर्वाधिक उच्च बिन्दुमा पुगेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ थियो।

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।

यसैगरी, साेमबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

शुक्रबार १ हजार ८ सय ६० रुपैयाँ रहेकाे चाँदीकाे मूल्य आइतबार १ हजार ९ सय रूपैयाँ पुगेकाे थियाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट