असाेजमा पनि घट्याे बैंकहरूकाे ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?-Sutra News

असाेजमा पनि घट्याे बैंकहरूकाे ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले भोलि अर्थात् असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।



सार्वजनिक नयाँ ब्याजदरअनुसार असोज महिनामा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर सामान्य घटेको छ । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको हाे ।

असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्याजदर कायम भएकाे छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत र संस्थागततर्फ ५.२६ प्रतिशत ब्याजदर थियो ।

असोजमा १९ वाणिज्य बैंकमध्ये दुई बैंक बैंकले भदौको तुलनामा ब्याजदर केही बढाएका छन् भने १० बैंकले घटाएका छन् । ८ बैंकले भने भदाैकै तुलनामा स्थिर राखेका छन् ।

कृषि विकास र नेपाल बैंकले बढाउँदा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्टले घटाएका छन् । यस्तै, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयनले स्थिर राखेका छन् ।

असाेजमा एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, नबिल बैंकले मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । नेपाल बैंकले व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

कुन बैंकको ब्याजदर कति ?

कृषि विकास    ६.०७

राष्ट्रिय वाणिज्य   ६.००

नेपाल एसबीआई   ६.००

लक्ष्मी सनराइज   ६.५०

ग्लोबल आईएमई   ६.२५

कुमारी   ६.०१

प्राइम   ६.२५

नेपाल   ५.९५

सानिमा   ५.९०

सिटिजन्स   ६.५०

नबिल   ६.७५

इन्भेस्टेमेन्ट मेगा   ६.५०

सिद्धार्थ   ६.५०

स्टान्डर्ड चार्टर्ड   ७.००

माछापुच्छ्रे   ७.००

प्रभु    ६.१०

एनएमबी   ६.५०

एनआईसी एसिया   ७.१८

हिमालयन   ७.००

एभरेष्ट   ६.००

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट