नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन-Sutra News

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।



आइतबार राति करिब ७ः२० बजे इच्छाकामना गाउँपालिका ६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट