५०४ कुमारीको सामूहिक पूजा गरियो-Sutra News

५०४ कुमारीको सामूहिक पूजा गरियो

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ ।



हरेक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन पाँच सय चार कुमारी पूजा गरिँदै आएको छ । विशेष गरी राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ । कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरूको भनाइ छ । इन्द्रजात्राको मुख्य दिनको अघिल्लो दिन हुने कुमारी पूजालाई १९ वर्षभन्दा बढी समयदेखि निरन्रतता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए ।

कुमारीहरूलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट