संसद चल्न दिने माओवादीको निर्णय-Sutra News

संसद चल्न दिने माओवादीको निर्णय

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१
फाइल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीले सोमबार बस्ने बैठक चल्न दिने जनाएको हो ।



प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने भएपछि संसद चल्न दिन लागेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले आफूहरू संसदको रेकर्डबाट हिंसा शब्द हटाउनु पर्ने अडानमा रहेको स्पष्ट पारे ।

नेकपा एमाले सांसद योगश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादीको जनयुद्धलाई हिंसा भएको भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिपछि यो शब्द अन्य सांसदले दोहोर्याउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट