करम पूजामा सार्वजनिक बिदा-Sutra News

करम पूजामा सार्वजनिक बिदा

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समूदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



कोशी प्रदेश सरकारको निर्णयअनुसार उक्त समूदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले सार्वजनिक बिदा दिनेबारे जानकारी दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट