वैवाहिक बलात्कारको आरोपमा पुरुष पक्राउ-Sutra News

वैवाहिक बलात्कारको आरोपमा पुरुष पक्राउ

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । काठमाडौँको बौद्धबाट वैवाहिक बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । छोराछोरीसहित बस्दै आएकी महिलाको उजुरीपछि श्रीमान पक्राउ परेका हुन् ।



भदौ १६ गते बिहान श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । पीडितले आफ्नो गोप्य अंगमा श्रीमानले फलामको रड छिराएको आरोप लगाएका थिए ।

करिब १५ वर्षअघि प्रेम विवाह गरेका उनीहरूको एक छोरा र एक छोरी छन् । योसँगै पीडित महिलाले राष्ट्रिय महिला आयोगमा श्रीमानले खान लान नदिएको भन्दै उजुरी दिएकी थिइन् ।

पीडकविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरी काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । प्रहरीले उनीहरू दुवै जनाको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट