सहकारी छानबिन समितिले बुझायो प्रतिवेदन, २९ जनासँग लिन सकेन बयान-Sutra News

सहकारी छानबिन समितिले बुझायो प्रतिवेदन, २९ जनासँग लिन सकेन बयान

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश गरेको छ ।



सोमबार बसेको प्रनिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका हुन् । उनले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी दिएका थिए ।

उनले १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडिया प्रा.लि.का ५५ जनासँग छलफल गरेको जानकारी दिए । समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको बताए ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी राई)सहित २९ जनालाई जहाँ भए पनि खोजी गर्न निर्देशन दिएको थियो । उनीहरूसँग छलफल गर्न नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट