नक्कली दारीले विवादित भएपछि पल शाह ‘आउट’-Sutra News

नक्कली दारीले विवादित भएपछि पल शाह ‘आउट’

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा चर्चाका पात्र हुन्, पल शाह । गत भदौ २१ गते प्रर्दशनीमा आएको फिल्म ‘रावायण’मा दोहोरो भूमिकामा देखा परेका उनको चर्चा कम हुन पाएको छैन ।



अभिनेता पलको चर्चाको मूल कारण उनले लगाएको नक्कली दारी हो । बलात्कारको अभियोगमा एक वर्ष जेल जीवन बिताएका उनी अदालतबाट सफाई पाएसँगै अभिनयमा फर्किएका थिए ।

करिअरमा ‘कमब्याक’ गरेपछि पलको मुख्य भूमिकामा रहेको रावायणसँगै विवादमा फसेका उनीमाथि अर्को झड्का लागेको छ । किरण नेपालीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्लको इन्ट्री भएसँगै पललाई झड्का लागेको हो ।

यो फिल्मका लागि निर्माण पक्षले यसअघि पललाई अनुबन्धन गरेको थियो । उनी अभिनित रावायण प्रदर्शन भएसँगै उनको ठाउँमा सौगात अनुबन्धित भएका हुन् ।

निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको यो फिल्मको लागि निर्माण पक्षले सौगातसँग सम्झौता गरेको हो । फिल्म आगामी चैत २९ गते रिलिज गर्ने तयारी छ ।

रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । यो फिल्मको निर्माण प्रमुख सुरज आचार्य हुन् । तिहारपछि फ्लोरमा जाने फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस्

नक्कली दारीले पूजाको कन्तबिजोग, चर्चामा आउन दयाहाङको नाम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट