रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस (प्रतिवेदनको अंशसहित)-Sutra News

रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस (प्रतिवेदनको अंशसहित)

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीसहित ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । उक्त हिनामिनामा मुख्य जिम्मेवारका रुपमा तत्कालिन सञ्चालकमध्ये सांसद रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल र जीवी राईलाई कारबाही गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।



“सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रा.लि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने”, समितिको प्रतिवेदनमा भनिएको छ ।

समितिले कारवाहीका लागि सिफारिस गरिएकामध्ये रम्तेल हाल कारगारमै छन् भने छानबिनको सुरुवातदेखि नै जीबी राई फरार रहेका छन् ।

लामिछाने राजनीतिमा सक्रिय भइरहँदा पूर्वडीआइजी जोशी भने छानविनको दायरामा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट