सहकारी प्रकरणमा दोषीलाई कारबाही हुन्छ- सचेतक बर्तौला-Sutra News

सहकारी प्रकरणमा दोषीलाई कारबाही हुन्छ- सचेतक बर्तौला

सोमबार, ३१ भाद्र २०८१

सोमबार, ३१ भाद्र २०८१

काठमाडौँ । नेकपा एमालेले सहकारी ठगीमा दोषी ठहर भए कारबाही हुने जनाएको छ । प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन समितिले प्रतिवेदनमा दोषी भनेकालाई कारबाही गर्ने बताएका हुन् ।



प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिवेदनअनुसार सरकारले दोषी ठहर भएकाहरूलाई कारबाही गर्ने बताए ।

‘कानूनबमोजिम कारबाही हुने कुरामा कुनै प्रश्न हुँदैन,’ उनले भने, ‘ अपचलनमा जो संलग्न देखिएका छन्, प्रतिवेदनले जसलाई भनेको छ, जो देखिएको छ, त्यसलाई कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट