आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

आज मिति २०८१ असोज १ गते मंगलबार । सन् २०२४ सेप्टेम्बर १७ तारिख । नेपाल सम्बत ११४४ चतुर्दशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः५० बजे भयो भने सूर्यास्त साँझ ६ः५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

अंशियारबीच भागबण्डाको समय छ, पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । विश्वासपात्रले धोका दिन सक्छन्, सावधान रहनुहोला । मिहिनेतअनुसार परिणाम हात पर्न मुस्किल छ, धैर्य राख्नुहोला । इष्टमित्रको सहयोग रहनेछ ।

बृष

दिन चुनौतीले भरिएको छ । सबैका बीच भएर पनि एक्लोपनाको अनुभूति हुन सक्छ । विवाद, धनहानि, अनावश्यक लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा पनि कमी आउन सक्छ, ध्यान राख्नुहोला । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । खर्च वृद्धिका साथै आर्थिक अभावले सताउन सक्छ । यात्रापरक काम भने बन्नेछ ।

मीथुन

दिन केही चुनौतीयुक्त छ । पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ भने साझेदारीको काममा विवाद पैदा होला । अध्ययन तथा अध्यापनको स्तर खस्कने देखिन्छ । तथापि परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने समय छ ।

कर्कट

रोकिएका काम बन्नेछन् भने विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अतिरिक्त आम्दानी बढ्ने समय छ । रचनात्मक कार्यमा रुचि बढ्नेछ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सचेत रहनुहोला । परिवारिक सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

नयाँ उद्योग(धन्दाको थालनी गर्न सकिने समय भएपनि आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नसछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । स्वास्थ्यको दृष्टिकोणले समय खासै अनुकुल नरहला । सन्तानसुख र आरोग्यता रहनेछ । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने सम्भावना छ । झुटा आरोप आइलाग्ने योग छ, सावधान रहनुहोला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै धन कमाउने अवसर जुट्नेछ । प्रेम वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला

साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने दिन छ । शिक्षामा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । जीवनसाथी र सन्तानका तर्फबाट सुख मिल्ला । यात्रागत कार्यबाट दीगो लाभको अवसर जुट्नेछ । साथीभाइको साथ मिल्नेछ । पराक्रम र आरोग्यबल बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक

रोकिएका काम बन्न थाल्नेछन् । व्यापार–व्यवसाय विस्तार हुनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउने चेष्टा गर्ने योग रहेकोले कार्यमा विशेष सावधानीको दरकार छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति वृद्धि होला । कुरा काट्नेहरुले प्रशंसा गर्नेछन् । आरोग्यता रहनेछ ।

धनु

स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा र मानसम्मान वृद्धि होला । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले कामहरू सहजै बन्नेछ भने विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइएला । शिक्षा र साझेदारीमा फाइदा हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

दिन मिश्रित फलदायी रहला । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बुद्धि विवेकको उपयोग खासै गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सावधान रहनुहोला । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

शुभदायी छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् भने रोजगारीको अवसर मिल्ने योग छ । मानसम्मान पनि मिल्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आयआर्जनका स्रोत बढ्नेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन

कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिने समय छ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट