उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ-Sutra News

उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे तेस्राे काराेबार दिन मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएकामा सोही परिमाणको सुनकाे मूल्य मंगलबारका लागि एक लाख ५६ हजार सात सय रूपैयाँ निर्धारण भएको छ ।

साेमबारकाे तुलनामा यसदिन सुनकाे भाउ प्रतितोला छ सय रूपैयाँ घटेको हो।

सुनकाे भाउ घट्दै गर्दा मंगलबार चाँदीकाे भाउ पनि घटेकाे छ । महासंघका अनुसार सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा खरिद–बिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १० ले घटेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट