रास्वपाको दाबी- सहकारीको ८७ अर्ब रुपैयाँ हिनामिनाको खोजी गर्नुपर्छ-Sutra News

रास्वपाको दाबी- सहकारीको ८७ अर्ब रुपैयाँ हिनामिनाको खोजी गर्नुपर्छ

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको दाबी गरेका छन् ।



मंगलबार पार्टीको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्यसमेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा रविको संलग्नता नभेटिएको बताएका हुन् ।

कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा अहिले यसको अपव्याख्या गर्न थालिएको उनको भनाइ थियो । उनले सहकारी प्रकरणमा सरोकारवाला सबै संस्थामा सबै संयन्त्र परिचालन गरेको बताउँदै लामिछानेबाट एक रुपैयाँ पनि अपचलन भएको नदेखिएको धारणा राखे ।

उनले गोर्खा मिडियामा पैसा ल्याउनसमेत सभापति लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष रहेको र गोरखा मिडियाले खर्च गर्दा लामिछानेसहितबाट केही कैफियत गरेका भए अब सरकारले सहकारी कानून नभई कम्पनी कानूनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने तर्क गरे ।

समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको देखिएको र रास्वपाको काम अपचलन गर्नेको खोजी र उनीहरुलाई कारबाहीको दबाब दिनु रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट