काठमाडौँ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन भएका छन् ।
विद्यालयको कामको सिलसिलामा १० दिनअघि राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान सिराहा गएका खतिवडा सम्पर्कविहीन भएका हुन् ।
लाहानबाट काठमाडौँ परिवारसँग भेट गरेर भदौ २१ गते जिल्ला फर्किएका प्रधानाध्यापक खतिवडा अहिलेसम्म विद्यालय नपुगेको भन्दै विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले सोमबार एक सूचना जारी सम्पर्कविहीन भएका प्रधानाध्यापकलाई यथाशक्य चाँडै विद्यालयमा पुगेर हाजिर हुन आग्रह गरेको छ ।
अचानक सम्पर्कविहीन भएका प्रधानाध्यापक खतिवडाको खोजीका लागि उनका परिवारले काठमाडौँको टेकुमा निवेदन दिएका छन् ।