काठमाडौँ । उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन् । यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन उनी रुस प्रस्थान गरेकी हुन् ।
रूसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
उपसभामुखको निजी सचिवालयका अनुसार उनी असोज ५ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।