१५० किलो गाँजासहित दुई युवा पक्राउ-Sutra News

१५० किलो गाँजासहित दुई युवा पक्राउ

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१
काठमाडौँ ।  प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बाट १५० किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
धादिङ धुनीबेँसी नगरपालिका ६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६ च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट