दिल्लीकाे नेतृत्व आतिशीकाे काँधमा, काे हुन् आतिशी ?-Sutra News

दिल्लीकाे नेतृत्व आतिशीकाे काँधमा, काे हुन् आतिशी ?

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडाैं । आतिशी मार्लेना सिंह दिल्ली सरकारकाे मुख्यमन्त्री बन्ने भएकी छिन् । आम आदमी पार्टीका प्रमुख तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएसँगै आतिशीले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् ।



आतिशी दिल्लीकाे तेस्राे महिला मुख्यमन्त्री बन्ने छिन् । दिल्लीको पहिलो महिला मुख्यमन्त्री सुष्मा स्वराज र दोस्रो शीला दीक्षित थिइन्।

हाल बङ्गालमा ममता बनर्जी एक मात्र महिला मुख्यमन्त्री हुन्।

कालकाजी विधानसभा सीटबाट विधायक बनेकी आतिशीलाई आम आदमी पार्टीका प्रमुख र पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालको विश्वासपात्र मानिन्छ।

८ जुन १९८१ मा जन्मिएकी आतिशीलाई विद्धान महिला नेतृको रूपमा चिनिन्छ । अक्सफोर्डबाट इतिहासमा स्नातकोत्तर गरेकी उनले लामाे समय शिक्षण पेसामा समेत बिताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट