अमेरिकी राष्ट्रपतिको चुनावमा एक लाख नेपाली अमेरिकीले भोट हाल्न योग्य-Sutra News

अमेरिकी राष्ट्रपतिको चुनावमा एक लाख नेपाली अमेरिकीले भोट हाल्न योग्य

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन नजिकिँदै छ । यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा झण्डै एक लाख नेपाली अमेरिकी मतदान गर्न योग्य भएका छन् । जसमा ३५ हजार जनाले पहिलो पटक मतदान गर्ने भएका हुन् ।



सन् २०१४ सम्म २० हजार ९२६ नेपाली अमेरिकीले अमेरिको निर्वाचनमा सहभागी बन्न पाएका थिए । पछिल्लो एक दशकको अवधिमा थप ६६ हजार नेपाली अमेरिकी नागरिक बनेका हुन् ।

होमल्याण्ड सेक्युरिटी विभागका अनुसार सन् २०१५ देखि २०२३ सम्म ५६ हजार ८६३ नेपालीलाई अंगीकृत नागरिकता प्रदान गरिएको थियो । सन् २०२४ सम्म आइपुग्दा यो संख्या ६६ हजार पुगेको हो ।

आर्थिक वर्ष २०२३ मा मात्रै सात हजार ९३० नेपालीले अमेरिकाको नागरिकता पाएका थिए । सन् २०२२ मा यो संख्या नौ हजार ४०८ थियो भने २०२१ मा ७ हजार २३२ नेपालीलाई अंगीकृत गरिएको थियो ।

यो निर्वाचनका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मैदानमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट