माओवादीले ढंग नपुर्‍याउँदा केही गर्न सकेन- रवि लामिछाने-Sutra News

माओवादीले ढंग नपुर्‍याउँदा केही गर्न सकेन- रवि लामिछाने

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विचार गरेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।



कुनै समय जनमत र ताकत पाएको माओवादीले ढंग नपुर्‍याउँदा यस्तो अवस्थामा आएको स्मरण गर्दै उनले नेता-कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् ।

‘के माओवादीले पाएको थिएन र हिजो मत ? उससँग ताकत पनि थियो, उससँग आँट पनि थियो कुनै बेला,’ पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘तर, ढंग नपुर्‍याउँदा त्यत्रो ताकत र बल हुँदा पनि देशमा परिवर्तन आएन, हामीले पनि ढंग पुर्‍याउनु पर्छ ।’

यस्तै, उनले भ्रष्टाचार र बिचौलियाहरूको साँठगाँठ थाहा पाउन रास्वपा सरकारमा गएको दाबी गरे । उनले भने, ‘सिंहदरबारका कुनाकाप्चा कसरी चलिरहेका छन् ?, कहाँ-कहाँ भ्रष्टाचार हुन्छ ?, कसले यो देशको बाटो रोकेको छ ?, बिचौलियाहरू को-को हुन् ?, भन्ने कुरा सिंहदरबार छिरेपछि थाहा हुन्छ, त्यसैले हामी सिंहदरबार गएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट