के ममता अझै जीवितै छिन ? यस्तो छ नरेशका वकिलको दाबी-Sutra News

के ममता अझै जीवितै छिन ? यस्तो छ नरेशका वकिलको दाबी

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी ममता काफ्लेका श्रीमान् नरेश काफ्लेका वकिलले अदालतमा ममता जीवितै रहेको दाबी पेश गरेका छन् । यसअघि श्रीमतीको शव लुकाएको आरोपमा नरेशलाई पक्राउ गरिएको थियो ।



नरेशका वकिल बेन अब्राहमले ममता अपरिचित महिलासँग घरबाट निस्केर गएको दाबी गरे । उनले ममता आफै घर छाड्ने तयारी गरिरहेको अदालतमा बताएका थिए ।

यसैबीच, फरेन्सिक जाँच गरेपछि भदौ ७ गते नरेश घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट कार्पेट र रगतको टाटा देखिएको भन्दै ममता जीवित नरहेको जनाउँदै आएको थियो ।

नरेशविरुद्ध अहिले शरीर लुकाएको आरोपमा मुद्दा चलिरहेको छ । यता, प्रहरीले ममताको खोजी कार्य जारी राखेको छ ।

ममताका साथीहरूले आफ्नी छोरीको पहिले जन्मदिनमा पनि कुनै सन्देश नदिएको भन्दै जीवित नरहेको दाबी गर्दै आएका छन् । ममता सम्पर्कविहीन भएपछि नरेशले आफ्नो टेस्ला कार बेचेका थिए । उनले घर बिक्री गर्ने तयारी गरेका थिए ।

ममता र नरेश सामाजिक सञ्जालबाट चिनजान गरी चार वर्षअघि विवाह गरेका थिए । उनीहरूको एक वर्षकी छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट