एन्फा महिला लिग- संकटा पराजित हुँदा एपीएफ विजयी-Sutra News

एन्फा महिला लिग- संकटा पराजित हुँदा एपीएफ विजयी

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।



सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एपीएफलाई जित दिलाउन सरु लिम्बुले खेलको १३ औ मिनेट, अनिता केसीले ५० र सविता राना मगरले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिको शीर्ष स्थानमा कायमै छ । समान खेलबाट संकटाको ५ अंक रहेको छ । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट