जातीय द्वन्द्वपछि मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा सुरु-Sutra News

जातीय द्वन्द्वपछि मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा सुरु

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बन्द भएको एक हप्तापछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विद्यालय पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।



मणिपुरमा सन् २०२३ मे मा सुरु भएको हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँका कारण कम्तिमा दुई जनाको ज्यान लिएको स्रोतले जनाएको छ ।

सोही समयदेखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहमा विभाजित भएका छन् ।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य भएको थियो ।

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ । मङ्गलबारदेखि सबै विद्यालयमा सामान्य कक्षाहरू पुनः सुरु गर्न सरकारी आदेश जारी गरिएको छ ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट