डोनाल्ड ट्रम्पमाथि गोली चलाउने को हुन् ?-Sutra News

डोनाल्ड ट्रम्पमाथि गोली चलाउने को हुन् ?

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । अमेरिकाको फ्लोरिडामा डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गर्ने व्यक्ति रायन रोथको फोन लोकेशन रेकर्डबाट नयाँ जानकारी बाहिर आएको छ । अल जजिराका अनुसार संदिग्ध गल्फ कोर्सको झाडीमा करिब १२ घण्टासम्म लुकेर ट्रम्पलाई कुरेका थिए ।



रिपोर्टका अनुसार एफबीआई विशेष एजेन्ट मार्क थॉमसले भने कि संदिग्ध आइतबार बिहान २ बजेदेखि १:३० बजेसम्म गल्फ क्लबमा थियो । ट्रम्प आफ्नो गल्फ क्लबमा पुगेपछि, उनको सुरक्षा गर्ने गोप्य सेवा एजेन्टले झाडीमा लुकेको एक संदिग्ध देखे । उनको बन्दुक गल्फ कोर्सतर्फ लक्षित थियो ।

एजेन्टले गोली चलाएका थिए । त्यसपछि उनी आफ्नो कालो एसयूभीमा भागेका थिए । संदिग्धलाई गल्फ कोर्सबाट ६० किलोमिटर टाढा राजमार्गमा समातिएको थियो ।

बाइडेनले ट्रम्पलाई गरे फोन

राष्ट्रपति बाइडेनले ट्रम्पलाई आफूमाथि आक्रमणको प्रयास गरेको घटनाको एक दिनपछि सोमबार फोन गरेका थिए ।

ह्वाइट हाउसको विज्ञप्तिअनुसार बाइडेनले ट्रम्प पूर्ण रुपमा सुरक्षित रहेकोमा खुशी व्यक्त गरेका छन् । ट्रम्पले उनको स्वास्थ्यको बारेमा सोधेकोमा धन्यवाद दिए । ट्रम्पमाथि यसअघि पनि गोली प्रहार भएको थियो ।

को हुन् ट्रम्पमाथि आक्रमण गर्ने रोथ ?

संदिग्ध रायान रोथ मूल रूपमा उत्तरी क्यारोलिनाका हुन् । लागुऔषध ओसारपसार, लाइसेन्स नलिई सवारी चलाएको र बीमा नगरी सवारी चलाएको आरोपमा उनी यसअघि पक्राउ परेका थिए ।

उनी सन् २०१७ मा हवाईमा सरेका थिए । उसले घरबारविहीन मानिसका लागि साधारण आवास संरचनाहरू बनाउने शेड-निर्माण कम्पनी चलाउँछ ।

डेली मेलका अनुसार यस वर्षको सुरुमा रिपब्लिकन पार्टीमा प्राइमरी चुनाव भइरहेका बेला रोथले ट्रम्पविरुद्ध लडिरहेका उम्मेदवार विवेक रामास्वामी र निक्की हेलीलाई समर्थन गरेका थिए ।

रोथ पक्राउ परेपछि उनको फेसबुक र एक्स एकाउन्ट बन्द गरिएको छ । उनले सामाजिक सञ्जालमा ट्रम्पविरुद्ध धेरै पोस्ट गरेका थिए । यसबाहेक उनले लोकतान्त्रिक पार्टीलाई समर्थन गरे ।

रोथ युक्रेनको लागि कोष जुटाउने कार्यक्रममा संलग्न थिए । उनी सन् २०२२ मा युक्रेन गएका थिए । उनले सामाजिक सञ्जालमा यससँग सम्बन्धित कुराहरु पनि शेयर गरेका थिए । उनले युक्रेनका लागि लड्न र मर्न तयार रहेको बताए ।

रोथले गत वर्ष न्यु योर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । उनले युक्रेनमा तालिवानबाट भागेका अफगान लडाकुहरूलाई सेनामा भर्ती गर्ने प्रयास गरेको बताएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार रोथको सामाजिक सञ्जालले सन् २०१६ मा ट्रम्पलाई भोट दिएको खुलासा गरेको थियो । तर, पछि उनी ट्रम्पबाट निराश भए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट