माईपेको दशैं मेला : कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने-Sutra News

माईपेको दशैं मेला : कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडाैं । डिजिटल वालेट माईपेले बडादशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ ।



युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन् ।

माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयरबड्स, स्मार्ट वाच, एनालग वाच, चाँदीको औंठी र रु १०,००० बराबरको ब्युटी प्रडक्ट तथा उपहार एवं छुट भौचर जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको डिस्काउन्ट र क्यासब्याक भौचरहरु प्रदान गर्नुका साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १००% नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट