भिभो भी ४० सार्वजनिक गर्ने तयारी, के-के छन् विशेषता ?-Sutra News

भिभो भी ४० सार्वजनिक गर्ने तयारी, के-के छन् विशेषता ?

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौं । भिभोले आफ्नो आगामी स्मार्टफोन भिभो भी ४० सार्वजनिक गर्ने तयारी गरेको छ । यो स्मार्टफोनले प्रयोगकर्ताहरूको पोट्रेट फोटोग्राफीलाई व्यावसायिक स्तरसम्म उकास्ने बताइएको छ । साथै, यसमा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मुद एक सय २० हर्जको रिफ्रेस रेट पनि समावेश गर्ने अपेक्षा गरिएको छ ।



यस्तै, भिभो भी ४० मा ५५०० एमएएच ब्याट्री र ब्याट्रीको दीर्घायु लागि चार वर्षसम्मको एन्टी–एजिङ ग्यारेन्टीको सुनिश्चिता पाइने बताइएको छ । भिभोले भी सिरिजको पहिचान शैलीलाई निरन्तरता दिँदै भी ४० पनि स्टाइलिस र हल्का हुने अपेक्षा गरिएको छ ।

स्रोतहरूका अनुसार यो सम्भवतः अहिलेसम्मकै पातलो भी सिरिज फोन हुनेछ, जसमा शक्तिशाली ५५०० एमएएचको ठूूलो ब्याट्री हुनेछ, जसले तपाईंलाई दिनभरि ऊर्जावान राख्छ । भिभो भी ४० ले सुधारिएकोे औरा लाइटको परिचय गराउने अपेक्षा गरिएको छ, जसले पोट्रेट फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउनेछ ।

भित्री स्रोतहरूले भिभो भी ४० मा एआई थ्रिडी स्टुडियो लाइटिङको डेब्युको संकेत गरेका छन्, जहाँ एआई एल्गोरिदमहरूले थ्रीडीमा अनुहारको प्रकाशको विश्लेषण गरी, न्याचुरेल पोट्रेटहरूका लागि त्रि–आयामिक भर्चुअल फिल लाइट प्रदान गर्छ ।

यस्तै, भिभो भी ४० मा ८० वाट फ्ल्यास चार्ज सपोर्ट हुने अनुमान गरिएको छ, यसले प्रयोगकर्तालाई कम समयमै चार्ज र उत्पादकत्व बढाउन मद्दत गर्नेछ । दीर्घकालीन अनुभव सुनिश्चित गर्नका लागि भी ४० ले आई पी ६८ र ६९ को साथ धुलो र पानी प्रतिरोध पनि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

भिभो भी ४० ले टेक समुदायमा ठूलो उत्साह सिर्जना गर्ने तयारी गरिरहेको छ । भी ४० को आधिकारिक सार्वजनिक घोषणाको प्रतीक्षा थपिँदै गर्दा, एउटा कुरा निश्चित छः यो फोन मोबाइल फोटोग्राफीको सारलाई पुनः परिभाषित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट