काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहका समर्थक साढे ३ घण्टापछि रिहा भएका छन् । बालेनको तस्बिर छापिएको कपडा लगाएर जात्रामा गएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका पक्राउ परेका सबैलाई छाडिएको हो । सुरुमा १३ जना र पछि एक जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।
मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो ।
स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो ।