विश्वकर्मा पूजाको अवसरमा ‘ममी’को शुभमुहूर्त-Sutra News

विश्वकर्मा पूजाको अवसरमा ‘ममी’को शुभमुहूर्त

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । ‘शो ट्वान्टी फाइभ’ ब्यानरमा निर्माणधीन हरर जनराको चलचित्र ‘ममी’को शुभमुहूर्त भएको छ । राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण उपकरणलाई पूजा गरी छायाकनको सुरुवात गरिएको हो ।



पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमाले निर्माण गरेका छन् । फिल्मलाई समर निरौलाले निर्देशन गरेका छन् ।

प्रियंका कार्की, सुलक्षण भारती तथा दीया मास्केको मुख्य भूमिका रहेको चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुसी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शरद महतोले छायाकन गरेका छन् ।

कूल ३० दिनमा चलचित्रको पहिलो चरणको छायांकन सकिने र दोस्रो चरण तिहारपछि गर्ने निर्माता लोकराजले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट