स्रोत नखुलेको १४ लाख रुपैयाँसहित तीन जना पक्राउ-Sutra News

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित तीन जना पक्राउ

मंगलबार, १ असोज २०८१

मंगलबार, १ असोज २०८१

काठमाडौँ । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ बाट प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।



जिल्लाको दक्षिणी सीमावर्ती भगवानपुरबाट स ९ प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

लहानतर्फ आउँदै गरेका तीन जना चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १० बस्ने मोटरसाइकलचालक करिब ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो. अलाउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका छन् ।

स्रोत नखुलेको रकम, मोटरसाइकलसहित पक्राउ गरेका तीन जनाविरुद्ध सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर लहान प्रहरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट