नेपालले आज ओमानसँग खेल्दै, जित्नै पर्ने दबाब-Sutra News

नेपालले आज ओमानसँग खेल्दै, जित्नै पर्ने दबाब

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । आईसीसी विश्वकप लिग २ का लागि क्यानडामा जारी सिरिजमा आज नेपालले ओमानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे किंग सिटी मैदानमा हुने भएको हो ।



त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो रन अन्तरले पराजित भएको थियो । करिब ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले ३ खेलमा हार बेहोरेको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला कायम राखेको छ । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर एक एशोसिएट राष्ट्र बन्न देशबाहिरका खेल जित्न आवश्यक रहेको छ ।

नेपाल लिग २ का पाँच खेलमध्ये चारमा पराजित हुँदा २ अंकका साथ सातौँ स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्ने छ । ओडीआई सिरिजपछि नेपालले यी दुई देशसँग टी २० सिरिज पनि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट