प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, आज के होला ?-Sutra News

प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, आज के होला ?

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । ३.५८ अंकले बढ्दै नेप्से २५८४.३४ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा जम्मा ३७ कम्पनीको कारोबार भयो । यो सेसनमा १९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको स्थिर रह्यो ।

प्रिसेसनमा विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ ।

२९९७ कित्ता सेयर किनबेच हुँदा यो सेसनमा कारोबार रकम १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको भयो । जुन कारोबार रकम केही कारोबार दिनयताकै कम हो ।

यसअघि सोमबार नेप्से ५७.०३ अंकले घटेको थियो । नेप्से झण्डै २ महिना अगाडिको अवस्थामा फर्किएको थियो ।

निरन्तर गिरावटका बिच सोमबारको उच्च गिरावटले नेप्सेमा थप निराशाको संकेत दिएको थियो । यद्यपि, बुधबारको सुरुवाती कारोबारले भने केही सकारात्मक संकेत गरेको छ ।

तथापि, आजको बजार कता जान्छ भन्ने भन्न सकिने अवस्था छैन । चाडपर्वको प्रभाव र धेरै लगानीकर्ता होल्डमा भएको कारण नेप्सेले लिने बाटो कता हो भन्ने यकिन देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट