दरबारमार्ग क्षेत्रमा सवारी साधन जान रोक, यस्तो छ ट्राफिक रुट-Sutra News

दरबारमार्ग क्षेत्रमा सवारी साधन जान रोक, यस्तो छ ट्राफिक रुट

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण भएपछि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ ।



भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेशनल डे कन्सर्ट’का लागि मञ्च निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको छ ।

बिहीबार साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रमको आयोजनाका लागि अहिले मञ्च निर्माण, सरसफाइलगाय काम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट