सहकारीमा रवि लामिछानेले सफाइ पाए भनेर भ्रम छरे- महासचिव पोखरेल-Sutra News

सहकारीमा रवि लामिछानेले सफाइ पाए भनेर भ्रम छरे- महासचिव पोखरेल

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भन्दै झुट बोलेको बताएका छन् ।



सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी ठहर्‍याएर कारबाही गर्न सरकारलाई सिफारिस गरिसकेको भन्दै उनले लामिछानेसहित उनको पार्टीका नेताहरूले ‘क्लिन चिट’ दिएको भन्दै भ्रम फैलाएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले लामिछाने र उनको पार्टीका नेताको नियत स्पष्ट भएको बताए । ‘कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँछ ?, दायित्व के हो ? भन्ने कुरा थाहा थिएन, भन्नु सफेद झुट हो,’ उनले भने ।

यस्तै, उनले बिना लगानी कम्पनीको सेयर होल्डर बनेर सीइओका रूपमा मन लाग्दी पैसा खर्च गर्नेले जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियान गरेको भन्दै टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट