बुद्ध एयरले भारतको वाराणसीमा थप्यो उडान-Sutra News

बुद्ध एयरले भारतको वाराणसीमा थप्यो उडान

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१
फाइल तस्बिर

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एअरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ ।



उक्त गन्तव्यमा यसअघि साताको दुई उडान भर्दै आएको कम्पनीले अब तीन उडान गर्ने जनाएको छ । बुद्ध एअरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवत जावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ ।

यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्ने छ । काठमाडौँबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ ।

काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एअरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२, १६ गरी कूल १८ विमान छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट