‘मिस्टर काठमाडौँ’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन-Sutra News

‘मिस्टर काठमाडौँ’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । ‘मिस्टर काठमाडौँ’को उपाधि हात पारेको पाँच दिनमै बडिबिल्डर प्रकाश राईको निधन भएको छ । बुधबार उनको हृदयघातका कारण मृत्यु भएको हो ।



४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएपछि ग्राण्डी अस्पताल लगिएको थियो ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै ओभरल भिडन्तमा मिस्टर काठमाडौँमा विजयी भएका थिए ।

राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । घटनापछि राईका आफन्त मोरङबाट काठमाडौँ आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट