सेतीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता-Sutra News

सेतीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । बझाङको सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन् । घटनामा तीन जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका २ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उनले जानकारी दिए ।

ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए । अहिले घटनास्थलमा प्रहरीको टोलीले घाइतेको उद्धार गरी बेपत्ताको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट