मिस नेपाल आस्मा सीधै बनिन् राप्रपाको केन्द्रीय सदस्य-Sutra News

मिस नेपाल आस्मा सीधै बनिन् राप्रपाको केन्द्रीय सदस्य

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य बनेकी छन् । उनी सीधै केन्द्रीय सदस्य भएकी हुन् ।



राप्रपाले ‘नविन राप्रपा’ कार्य योजनाअन्तर्गत ४० वर्षमुनिका २० जनालाई सीधै केन्द्रीय सदस्य बनाउने ‘प्याकेज’ ल्याएको थियो ।

पार्टीले तय गरेको मापदण्ड पूरा गरी अन्तरवार्ता पास भएपछि उनी राप्रपाको केन्द्रीय सदस्य बनेकी हुन् । उनीसँगै अरू १० पुरुष र १० युवती केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।

मिस नेपालपछि दिएका अन्तर्वार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट