पहिरोले महाकाली राजमार्ग अवरुद्ध-Sutra News

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।



आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारी साधन र यात्री बाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सडकमाथिबाट ठूलो पहिरो खसेकाले पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उनको भनाइ थियो । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट