०८४ मा एकल बहुमत ल्याउने लक्ष्यसहित एमालेले बनायो कार्ययोजना (पूर्णपाठसहित)-Sutra News

०८४ मा एकल बहुमत ल्याउने लक्ष्यसहित एमालेले बनायो कार्ययोजना (पूर्णपाठसहित)

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१
फाइल तस्बिर

काठमाडौं । २०८४ मा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित सत्तारुढ नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार गरेको छ । जसका लागि एमालेले १८ शीर्षकमा २४ पृष्ठको कार्ययोजना बनाएको छ ।



जसमा पार्टी संगठन निर्माणदेखि प्रचार प्रसार र अभियानको विषयमा बुँदागतरुपमा कार्यक्रम बनाइएको छ । कुन कार्यक्रम कसरी गर्ने, कुन अभियान कहिलेदेखि चलाउने, कुन कार्यक्रमका लागि कसरी अर्थ जुटाउनेसम्मका विषय कार्ययोजनामा तयार गरिएको छ ।

एमालेले प्रस्तुत गरेको कार्ययोजना सम्पन्न गर्न सकेको खण्डमा सांगठनिकरुपमा देशकै ठूलो पार्टी र आम निर्वाचनमार्फत एकल बहुमतको पार्टी बनाउन सकिने विश्वास लिएको छ ।

महासचिव शंकर पोखरेलले सार्वजनिक जारी गरेको कार्ययोजनामा ०८२ सम्म वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्‍याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।

“पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्‍याउने गरी योजना बनाई कार्यान्वयन गर्ने । सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने । नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,” कार्ययोजनामा भनिएको छ ।

प्रत्येक गाउँपालिकाले ५०, नगरपालिकाले १००, उपमहानगरपालिकाले १५० र महानगरपालिकाले २५० युवा पहिचान गर्दै नेतृत्व विकासको प्रशिक्षण दिएर पार्टी काममा जोड्ने जनाइएको छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नका लागि उमेर समूह अनुसारमा मुद्दाहरू तय गर्ने र नयाँ पुस्तामा पुर्‍याउने, जनसंगठनसँगको समन्वयमा नयाँ पुस्तामा सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट